१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अबको समय युवाकोः अभिनेता उप्रेती

अबको समय युवाकोः अभिनेता उप्रेती
अ अ+ अ-

काठमाडौँ। अभिनेता निखिल उप्रेतीले नेपाली चलचित्र क्षेत्रको घेरालाई फराकिलो बनाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न कलाकार र पत्रकारबीच प्रगाढ सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

एक कार्यक्रममा बोल्दै उहाँले चलचित्र उद्योगको विकासका लागि युवा ऊर्जा र सत्यपरक पत्रकारिता अपरिहार्य रहेको बताउनु भयो । उप्रेतीले कलाकार र पत्रकार एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्नुभयो ।

कलाकारलाई पत्रकारको र पत्रकारलाई कलाकारको अभाव खट्किने भन्दै उहाँले दुवै पक्षबीचको सम्बन्ध कहिलेकाहीँ उतारचढावपूर्ण देखिए पनि यो अटुट रहने धारणा व्यक्त गर्नुभयो ।

देशको वर्तमान अवस्था र व्यवस्था परिवर्तन भइरहेको सन्दर्भमा अबको समय युवाको भएको उहाँको तर्क छ । राजनीतिमा युवा शब्दको दुरुपयोग भएकोप्रति संकेत गर्दै उहाँले चलचित्र क्षेत्रमा भने युवाहरूको जोश र जाँगरले प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उप्रेतीले भन्नुभयो, ‘हाम्रो शास्त्रमा बालकृष्ण र बटुक भैरवको पूजा गरिनुको अर्थ युवा अवस्थाको असीमित शक्तिलाई सम्मान गर्नु हो। युवा शक्तिसँग नतिजा निकाल्ने अद्भुत क्षमता हुन्छ, तर त्यसलाई सही दिशा दिन अग्रजहरूको अनुभव र सुझाव पनि उत्तिकै आवश्यक पर्दछ ।’

विदेशी चलचित्रको विरोध गरेर वा तिनलाई रोकेर मात्र स्वदेशी चलचित्रको हित नहुने भन्दै उहाँले आफ्नो खुबी र गुणस्तर सुधारेर प्रतिष्पर्धामा उत्रिनुपर्ने बताउनु भयो ।

उप्रेतीले समाजका हरेक क्षेत्रमा ‘अभिनय’ विद्यमान रहेको टिप्पणी गर्नुभयो । कलाकार र पत्रकारले मात्र नभई राजनीतिक क्षेत्रमा अझ बढी अभिनय देखिनु विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ ।

उहाँले कलाकारहरू अब आफ्नो पेशागत मर्यादा र कलामा थप प्रखर हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । –न्युज एजेन्सी नेपाल