१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन भुवन शीर्षस्थानमा

सूर्य नेपाल च्यालेन्ज : तेस्रो दिन भुवन शीर्षस्थानमा
अ अ+ अ-

काठमाडौँ। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा छन्।

आज (बिहीबार) ३-अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। इभन-पार ६८ को स्कोरमा समग्रमा ८-अन्डर १ सय ९६ सहित शुक्र दोस्रो स्थानमा तल झरे। बुधबार उनी भुवनसँगै संयुक्तरूपमा शीर्षस्थानमा थिए।

समग्रमा ७-अन्डर १ सय ९७ को स्कोर‌मा नेपाल नम्बर एक निरज तामाङ र धनबहादुर थापा संयुक्तरूपमा तेस्रो स्थानमा रहे। निरजले ६-अन्डर ६२ को उत्कृष्ट स्कोर निकाले। धनले २-अन्डर ६६ मा तेस्रो दिनको खेल सकाए।

समग्रमा ५-अन्डर १ सय ९९ सहित एमेच्योर राहुल विश्वकर्मा तथा प्रो गल्फरहरू रामे मगर र दिनेश प्रजापतिले संयुक्तरूपमा पाँचौ स्थान बाँडे। राहुलले ३-अन्डर ६५ मा तथा रामे र दिनेशले समान २-अन्डर ६६ को कार्ड बनाए।

यस्तै ६-अन्डर ६२ को उत्कृष्ट नतिजामा टंकबहादुर कार्की समग्रमा ४-अन्डर २०० सहित आठौं स्थानमा उक्लिए। समग्रमा २-अन्डर २ सय २ सहित रवि खड्का नवौं स्थानमा छन्। आज (बिहीबार) उनले २-अन्डर ६६ को स्कोर बनाए। २-ओभर ७० खेलेका भुवनकुमार रोक्का समग्रमा १-अन्डर २ सय ३ सहित दशौं स्थानमा छन्।

समग्रमा पाँचौँ स्थानमा रहेका राहुल एमेच्योरतर्फ शीर्षस्थानमा छन्। उनले स्वप्निल भट्टराईलाई ५ स्ट्रोकले पछि पारे। समग्रमा इभन-पार २ सय ४ खेलेका उनले आज १-ओभर ६९ मा खेल सकाए। तेस्रो दिन १-अन्डर ६७ खेलेका कवि थापा समग्रमा ४-ओभर २ सय ८ को नतिजा तेस्रो स्थानमा छन्।

शीर्षस्थानमा एकल अग्रता बनाएका भुवनले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा पहिलो, चौथौ र पाँचौँ होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। यसपछि १० औँ र ११ औँ होलमा एक-एक सट बचाए। १६ औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३३ मा पूरा गरे।

शुक्रले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३४ मा सकाए। उनले पहिलो र चौथो होलमा एक-एक सट बचाउँदा तेस्रो र छैटौँ होलमा बोगी खेपे। यसपछि १३ औँ होलमा बर्डी र १६ औँ होलमा बोगीको सामना गरे।

निरजले बोगी रहित फ्रन्ट नाइन खेल्दै चार बर्डी प्रहार गरे। पहिलो, दोस्रो, चौथो र आठौँ होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि १० औँ, ११ औँ र १३ औँ होलमा बर्डीको सफलता प्राप्त गरेका उनले १६ औँ होलमा एक सट खेर फाले। ब्याक नाइन २-अन्डर ३२ मा सकाए।

धनले फ्रन्ट र ब्याक नाइन १-अन्डर ३३ मा पूरा गरे। तेस्रो होलमा बोगी खेलेका उनले चौथो र आठौँ होलमा बर्डी प्रहार गरे। यसपछि १४ औँ र १५ औं होलमा एक-एक सट बचाउँदा १६ औँ होलमा बोगी खेपे।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कुल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख १० हजार रहेको छ। विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९० हजार र ७० हजार प्राप्त गर्नेछन्।

चौथो र पाँचौँ हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्।