२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्याल र प्रधानमन्त्री बालेनबीच भेटवार्ता, संसद् अवरोध समाधानबारे छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि संसद्‌मा देखिएको गतिरोध समाधान गर्ने प्रयासस्वरूप सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा संसद् सञ्चालन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेको बताइएको छ।

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराएर प्रश्नोत्तर गराउनुपर्ने विषयमा विपक्षी सांसदहरूले लगातार दबाब दिइरहेका छन्। सोही विवादका कारण आजको संसद् बैठक अवरुद्ध भएपछि सभामुखले बैठक स्थगित गर्दै समाधान खोज्न प्रधानमन्त्रीसँग भेट गरेको सभामुख निकट स्रोतले जनाएको छ।




भर्खरै