२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापन नहुँदा समस्या, दशैँदेखि फोहर उठाईएन



अ+ अ-

खलङगा । जुम्ला सदरमुकाममा फोहर व्यवस्थापन नहुँदा समस्या भएको छ । फोहर व्यवस्थापन गर्ने स्थानको तय नहुँदा बजार क्षेत्रका विभिन्न भाग फोहरको थुप्रोले भरिएका छन् । फोहर व्यवस्थापन गर्ने स्थान नहुँदा दशैँदेखि बजारको फोहर उठाइएको छैन । चन्दननाथ नगरपालिका–५ तल्लो जुगाडखोला नजिकै रहेको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहरले दुर्घन्धित तथा बाली बिग्रन थालेको र नगरपालिकाले अर्को विकल्प नगरेको भन्दै स्थानीयवासीले फोहर फाल्न नदिएका कारण ठूलो समस्या भएको हो ।

झण्डै एक महिनादेखि फोहर नउठेका कारण बजार दिनप्रतिदिन फोहर हुँदै गएको छ । बजारका चोकचोकमा फोहरको थुप्रो लागेको छ । बजारमा हिँडडुल गर्ने मान्छेलाई मुख छोप्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयवासीले आक्रोश व्यक्त गर्दै आएका छन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि पहल गरे पनि स्थायीरूपमा संरचना तयार गर्न सकेको छैन ।

सुन्दर बजारमा फोहरको थुप्रोले पर्यटकलाई पनि समस्या बनाएको हो । यसैगरी फोहरले विभिन्न प्रकारका रोगलेसमेत समस्या निकाल्दै आएको छ । नगरपालिकाले भने स्थापनाकालदेखि दीर्घकालीन डम्पिङ साइडको व्यवस्था गर्ने भने पनि अहिलेसम्म टुङ्गो लागेको छैन ।

नगर प्रमुख कान्तिका सेजुवालले बजारमा थन्किएको फोहर एक हप्ताभित्र व्यवस्थापन गरिसक्ने बताउनुभयो । प्रमुख सेजुवालका अनुसार दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि भदाली र वडा नं २ को दुनादुनैमा जग्गा हेर्ने काम भएकाले एक हप्ताभित्र फोहर व्यवस्थापन हुने उनको भनाइ छ ।