१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नगरी संसद् सञ्चालन हुन नसक्ने अडान लिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महर लगायतले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएका थिए।