७ पुष २०८२, सोमबार
,
Latest
‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केड’ को सहयोगमा एघार महिलाको निःशुल्क शल्यक्रिया



अ+ अ-

खोटाङ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पुर्याएर निःशुल्क शल्यक्रिया गराइएको हो ।

जिल्लामा महिला प्रजनन अधिकारसम्बन्धी काम गर्दै आएको उक्त संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका आठ महिलाको शल्यक्रिया गराएको छ । यस्तै, रावाबेँसी गाउँपालिकाका दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक महिलालाई काठमाडौँ जान/आउन तथा खान/बस्नको व्यवस्था मिलाइदिएको हो । उनीहरुका साथमा एक/एक जना कुरुवासमेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताए ।

“जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौँ पठाइएको थियो”, उनले भने, “अहिले उनीहरु एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।” काठमाडौँमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एशोसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार रावाबेँसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत छन् ।

उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिए । केडको कार्यक्रम रावाबेँसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ ।