५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने



अ+ अ-

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ ।

नेपालस्थिति युनेस्को कार्यालय, चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लगिएको हो । विश्वविद्यालयको कीर्तिपुरस्थित शिक्षा शास्त्र केन्द्रीय विभागमा स्मार्ट कक्षाको आज उद्घाटन गर्दै उपकुलपति प्रा डा सुशील बज्राचार्यले सो जानकारी दिनुभएको हो ।

कक्षामा हुने पठनपाठनलाई एकोहोरो पढाउने शैलीबाट मुक्त गरी अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको उहाँले बताउनुभयो । “पछि क्रमशः सबै कक्षाहरुलाई स्मार्ट प्रविधि प्रयोग गर्दै स्मार्ट कक्षामा परिणत गर्दै लगिने छ”, उहाँले भन्नुभयो ।

यसले पठनपाठन र समग्र शैक्षिक नतिजाकै सुधारमा ठूलो मद्दत हुने उहाँको भनाइ छ । इन्यिनियरिङ अध्ययन संस्थानमा लामो समय प्राध्यापन गर्नुभएका उपकुलपति बज्राचार्यले त्यहाँ स्मार्ट प्रविधिको प्रयोग निकैअघि देखि भएको जानकारी दिँदै त्यसको अनुभवका आधारमा सबै क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्न खोजिएको बताउनुभयो ।