१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा समय लिएर उहाँले भन्नुभयो, “बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ, उहाँको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बझाङको सुर्मा गाउँपालिका-१ का बोहरा केही दिन अघि सोही गाउँपालिकाको पाँच हजार मिटर माथिको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न जानुभएको थियो । उहाँ आज लेक लागेर गम्भीर बिरामी हुनुभएको सांसद महरले जानकारी दिनुभयो ।

क्यान्सरको औषधि अभाव बैठकमा कांग्रेस सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर बिरामीको उपचारमा आवश्यक कार्गोप्लाटिन औषधिको देशभर अभाव भइरहेको र बिरामीलाई उपचार नगरी घर फर्काउने गरेको दृष्टान्त सुनाउँदै यथाशीघ्र सो औषधि उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।