१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ‘कक्रोज जनता पार्टी’को डिजिटल विस्फोट, चार दिनमै १ करोडभन्दा बढी फलोअर्स



अ+ अ-

काठमाडाैँ । भारतमा ‘कक्रोज जनता पार्टी’ भनेर सुरु भएको एउटा व्यंग्यात्मक अनलाइन अभियानले चार दिनभित्रै सामाजिक सञ्जालमा असाधारण उछाल देखाएको छ । जसकाे चार दिनभित्र उक्त इन्स्टाग्राम ह्यान्डलका फलोअर्स संख्या  १ करोड २८ लाखभन्दा बढी पुगेको छ।

भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तसँग जोडिएको भनिएको अभिव्यक्तिपछि सुरु भएको आलोचना र व्यंग्यले अन्ततः एउटा डिजिटल आन्दोलनको रूप लिएको देखिन्छ। यही प्रतिक्रियाबाट जन्मिएको “कक्रोज जनता पार्टी” अहिले इन्स्टाग्राम, एक्स र विभिन्न वेबसाइटमार्फत व्यापक रूपमा फैलिएको छ।

यस अभियानसँग सम्बन्धित वेबसाइटमार्फत दुई लाखभन्दा बढी व्यक्तिले सदस्यताका लागि नाम दर्ता गरेको उल्लेख छ। अनलाइनमा देखिएको तीव्र विस्तारले यसलाई सामान्य सामाजिक सञ्जाल ट्रेन्डभन्दा बाहिरको डिजिटल आन्दोलनको रूपमा चर्चा दिलाएको छ।

यस अभियानका संस्थापकका रूपमा अमेरिकाको बोस्टन विश्वविद्यालयमा पब्लिक रिलेशन अध्ययनरत अभिजीत दीपकेको नाम सार्वजनिक गरिएको छ। उनका अनुसार यो कुनै परम्परागत राजनीतिक दल नभइ युवाहरूको असन्तोष र व्यंग्यलाई अभिव्यक्त गर्ने डिजिटल प्लेटफर्म हो।

दिल्लीमा केही समर्थकहरूले “कक्रोज” पोशाक लगाएर यमुना किनारमा सरसफाइ अभियान सञ्चालन गरेको दृश्य पनि सार्वजनिक भएको छ जसलाई उनीहरूले प्रतीकात्मक सचेतना गतिविधि भनेका छन्।

यसैबीच अभियानले सार्वजनिक गरेको म्यानिफेस्टो पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। त्यसमा राज्य संयन्त्र, निर्वाचन प्रणाली र मिडिया नियमनसँग सम्बन्धित केही विवादास्पद प्रस्तावहरू उल्लेख गरिएका छन् ।