४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भइरहेको छः सांसद केसी

प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भइरहेको छः सांसद केसी
अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर पनि गर्नुभयो । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो ।

उहाँले भन्नुभयो,‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भिरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री  हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको पनि अभिन्न अंग हो ? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भिर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने । र, विगत वर्षहरु भएको बेथितिबाट मात्रै थिति  बसाल्न सक्दैनौ । हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्नसक्छौँ ।’

सांसद केसीले सरकारले विपद व्यवस्थापनमा गहिरोसँग ध्यान आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।