११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता

इरान–अमेरिका संवादमा पाकिस्तानको मध्यस्थता
अ अ+ अ-

काठमाडौं । इरानले संयुक्त राज्य अमेरिकासँग सन्देश आदानप्रदानको प्रक्रिया पाकिस्तानमार्फत निरन्तर जारी रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानले अमेरिकाबाट प्राप्त पछिल्ला प्रस्ताव तथा धारणा अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।

सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले पाकिस्तानका गृहमन्त्री मोहसिन नक्भीको तेहरान भ्रमणले दुवै पक्षबीच आदानप्रदान भएका मस्यौदा प्रस्तावहरूबारे स्पष्टता ल्याउन र संवादलाई सहज बनाउन भूमिका खेलिरहेको बताउनुभयो ।

इरानले लेबनानलगायत सबै क्षेत्रमा युद्ध अन्त्य गर्न केन्द्रित रहेको उल्लेख गर्दै आफ्ना जफत सम्पत्ति फुकुवा गर्नुपर्ने, समुद्री मार्गमा अमेरिकाले गरेको हस्तक्षेप अन्त्य हुनुपर्ने तथा इरानी जहाजमाथिका शत्रुतापूर्ण गतिविधि रोक्नुपर्ने माग राखेको छ । बघाईका अनुसार इरानले सद्भाव र गम्भीरताका साथ कूटनीतिक प्रक्रिया अघि बढाए पनि विगतका घटनाका कारण वाशिङ्टनप्रति गहिरो अविश्वास कायम रहेको छ ।

इरानले ओमानसँगको सहकार्यमा होर्मुज जलडमरूमध्य क्षेत्रमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने संयन्त्र निर्माण गर्न चाहेको पनि जनाएको छ । साथै, समुद्री यातायात सुरक्षित बनाउन तटीय राष्ट्रहरूसँग सहकार्य गरी आवश्यक प्रोटोकल विकास गर्न आफू तयार रहेको इरानको भनाइ छ । इरानी वार्ता टोलीनिकट स्रोतलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाले अमेरिकाले पाकिस्तानमार्फत नयाँ मस्यौदा प्रस्ताव पठाएको जनाएको छ ।

केही दिनअघि इरानले १४ बुँदे प्रस्ताव अमेरिकासमक्ष पेश गरेको थियो। हाल पाकिस्तानले दुवै पक्षका प्रस्तावलाई नजिक ल्याउने प्रयास गरिरहेको भए पनि अन्तिम सहमति भने भइसकेको छैन । यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेशकियनले सामाजिक सञ्जालमार्फत इरानले सधैँ आफ्ना प्रतिबद्धता पालना गरेको र युद्ध टार्ने प्रयास गरेको बताउनुभयो । उहाँले दबाब र बल प्रयोगमार्फत इरानलाई झुकाउन सकिने सोच भ्रम मात्र भएको उल्लेख गर्नुभएको छ ।

इरान, अमेरिका र इजरायलबीच गत अप्रिल ८ मा युद्धविराम भएपछि पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता भएको थियो । तर उक्त वार्ताबाट कुनै ठोस सहमति निस्कन सकेको थिएन । युद्धपछि इरानले होर्मुज जलडमरूमध्यमा नियन्त्रण कडा बनाउँदै अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूको आवागमनमा रोक लगाएको थियो भने वार्ता असफल भएपछि अमेरिकाले पनि समुद्री नाकाबन्दी लागू गरेको जनाएको छ ।