७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयले गर्यो शिक्षक नियुक्ति र सरुवामा रोक



अ+ अ-

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोक लगाएको छ। मन्त्रालयले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोक लगाइएको हो।

मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गर्दै शिक्षा सेवा आयोगबाट सिफारिस भइ नयाँ शिक्षक नियुक्ति र पदस्थापना भइरहेकाले यो कार्य नसकुन्जेल शिक्षक नियुक्ति र सरुवामा रोक लगाएको हो।

मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा पनि शिक्षक नराख्न आग्रह गरेको छ।

समायोजनबाटै आवश्यक सङ्ख्यामा शिक्षक पठाउने मन्त्रालयको भनाइ छ।