२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोड्केमा फस्टायो मुला खेती



अ+ अ-

गलेश्वर । साग, तरकारी, अचार, सलाद, गुन्द्रक र धजरा जे बनाए पनि उत्तिकै स्वादिष्ट मानिने औषधीय गुणको बहुउपयोगी मुला म्याग्दीको एक गाउँका दुई कृषक परिवारको लागि जीवन जिउने आधार बनेको छ ।

म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुलानै टोड्केको पहिचान बनेको छ भने यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन् । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित टोड्केमा बसोबास गर्ने चार परिवारमध्ये दुई परिवारको पुख्र्यौली पेशा नै मुला उत्पादन गरेर बिक्री गर्नु हो ।

वर्षौं पहिलेदेखि मुला खेती गर्दै आउनुभएकी टोड्केकी तीजमाया पाइजाले मुला बिक्री गरेर नै वार्षिक रु एक लाखभन्दा बढी कमाइ हुने बताउनुभयो । पुनले भन्नुभयो, “हाम्रो आम्दानीको प्रमुख स्रोत भनकै मुला, आलु र फापर हो । यही बेचेर वर्षभरिका लागि खर्च पुग्छ ।” करीब दुई रोपनीमा मुला खेती गर्नुभएकी पाइजाको बारीमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमणमा आएका आन्तरिक पर्यटक मुला किन्नका लागि जाने गर्दछन् ।

पहिला पहिला म्याग्दी, बागलुङ र पर्वतका विभिन्न गाउँबाट धान लिएर मुला साट्न मानिस आउने गरेकामा पछिल्लो समय गाउँगाउँमा व्यावसायिक मौसमी वा बेमौसमी तरकारी खेतीको लहर चलेकाले पहिलाको जस्तो बिक्री हुन छोडेको पाइजाको भनाइ रहेको छ । यहाँका एउटै मुला दुईदेखि चार÷पाँच किलोसम्मका हुने गर्दछन् ।

मुला किन्न बेनी नगरपालिका–६ बाट टोड्के आउनुभएका दयाराम पौडेलले यहाँको मुला स्वादिष्ट र ‘अग्र्यानिक’ हुने भएकाले स्वास्थ्यको लागि पनि उपयोगी हुने बताउनुभयो । दुई बोरा मुला (३० किलो) किनेर घर लैजानका लागि तयारी गर्नुभएका पौडेलले सागको गुन्द्रक र धजरा बनाएर हिउँदभरि खानका लागि मुला किन्न आएको बताउनुभयो ।

रातो र सेतो गरी यहाँ दुई प्रकारका रैथाने जातका मुला उत्पादन हुने गर्छन् । सेता मुलाको तुलनामा रातो मुला ग्राहकको रोजाइमा पर्ने पाइजाले बताउनुभयो । पहिलाको तुलनामा अहिले मुलाको बिक्री कम र उत्पादन बढी हुँदै गएको उहाँको भनाइ छ । बिक्री नभएर बचेका मुला काटेर धजरा बनाउने र हिउँदमा बजारमा लगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।