४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरको बेलौरीमा अतिक्रमित संरचना हटाइयो



अ+ अ-

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण बनाइएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ ।

नगरपालिकाले वडा नं. ६, रिच्छाहास्थित भुइँया मन्दिरको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गामा प्रचलित कानुन विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचनाहरू हटाइने भएका हुन ।

नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि सात दिने समयसीमा दिएको छ । नगरपालिकाका अनुसार रिच्छाहा (साविक श्रीपुर गाविस–३) स्थित सिट नं. ०२६०८७१, कित्ता नं. २४१ को सरकारी तथा सार्वजनिक लगतमा रहेको मन्दिरको जग्गा स्थानीयले जबरजस्ती भोगचलन गर्दै भौतिक संरचना निर्माण गरिरहेको उजुरी परेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको थियो ।

सो विवादका सम्बन्धमा नगरपालिकाको न्यायिक समितिले २०८२ पुस १६ गते नै स्थलगत अनुगमन तथा प्राविधिक नापजाँच र रेखाङ्कन गरी मन्दिरको जग्गा अतिक्रमण भएको पुष्टि गरेको थियो ।

त्यसैगरी, २०८२ चैत २३ गते बसेको नगर कार्यपालिकाको बैठकले समेत अतिक्रमित जग्गा खाली गराउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “अतिक्रमणकारी पक्षसँग पटक–पटक मौखिक भेटवार्ता र परामर्श गर्दा समेत संरचना हटाउन आलटाल गरिएको र मन्दिर व्यवस्थापन समितिले घेराबार गर्न लागेको काममा समेत बाधा व्यवधान खडा गरी क्षति पु¥याएको पाइएकाले यो कदम चालिएको हो ।”

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले सार्वजनिक र धार्मिक क्षेत्रको जग्गा संरक्षण गर्ने स्पष्ट अधिकार तथा दायित्व स्थानीय तहलाई सुम्पिएको स्मरण गराउँदै नगरपालिकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्माणाधीन भौतिक संरचनाहरू आफ्नै खर्चमा हटाइ जग्गा खाली गर्न निर्देशन दिएको छ ।

तोकिएको म्यादभित्र संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र स्थानीय सुरक्षा निकायको सहयोगमा नगरपालिका आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ । त्यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च र भएको क्षतिसमेत सम्बन्धित व्यक्तिबाटै सरकारी बाँकी सरह असुलउपर गरिने ब्यहोरा सूचनामा उल्लेख छ ।