११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई संयुक्त राष्ट्रसंघकाे आह्वान

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई संयुक्त राष्ट्रसंघकाे आह्वान
अ अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिवले जीवाश्म इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र, न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र महासभाद्वारा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरूको दायित्वबारे अन्तर्राष्ट्रिय अदालतको सल्लाहकार रायसम्बन्धी प्रस्ताव पारित भएपछि जारी वक्तव्यमा उहाँले जलवायु न्याय सुनिश्चित गर्न जीवाश्म इन्धनको प्रयोग क्रमशः घटाउँदै स्वच्छ तथा दिगो ऊर्जालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । महासचिवका अनुसार जलवायु परिवर्तनका लागि न्यून जिम्मेवार राष्ट्रहरू, विशेषगरी विकासोन्मुख तथा साना टापु राष्ट्रहरूले सबैभन्दा बढी असर भोगिरहेका छन् ।

बाढी, खडेरी, अत्यधिक गर्मी, समुद्री सतह वृद्धि तथा प्राकृतिक विपद्का कारण लाखौँ मानिसको जीवन र जीविकोपार्जन प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था गम्भीर अन्याय भएको बताउनुभएको छ । उहाँले विश्व समुदायलाई तापक्रम वृद्धि डेढ डिग्री सेल्सियसभित्र सीमित राख्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

साथै, नवीकरणीय ऊर्जा अहिले सबैभन्दा सस्तो, भरपर्दो र सुरक्षित ऊर्जा स्रोतका रूपमा स्थापित भइसकेकाले त्यसतर्फ लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । बुधबार सम्पन्न महासभा बैठकमा प्रस्तुत प्रस्तावको पक्षमा १४१ देशले समर्थन जनाएका थिए भने ८ देश विपक्षमा उभिएका थिए र २८ देश तटस्थ बसेका थिए ।

उक्त प्रस्तावले सन् २०२५ जुलाईमा अन्तर्राष्ट्रिय अदालतले दिएको सल्लाहकार रायलाई स्वागत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको स्पष्ट व्याख्याका रूपमा त्यसलाई महत्वपूर्ण योगदान मानेको छ । प्रस्तावमार्फत सबै राष्ट्रलाई हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्दै वातावरण तथा जलवायु प्रणालीको संरक्षण गर्न अन्तर्राष्ट्रिय दायित्वअनुसार कार्य गर्न आह्वान गरिएको छ ।

महासचिवले जलवायु संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य, दिगो विकास, स्वच्छ ऊर्जा प्रवद्र्धन तथा वातावरणीय न्यायलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्न अहिले नै ठोस कदम चाल्नु विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।