२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्यासिनो किङ ‘बले’सहित २५ जुवाडे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा



अ+ अ-

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘क्यासिनो किङ’ भनेर चिनिने गुन्डा नाइके बलराम सापकोटा ‘बले’सहित २५ जनालाई नियन्त्रणमा लिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जुवा ऐनमा मुद्दा चलाइएका बलेसहित २५ जना ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका थिए।

सोमबार प्रहरीकै हिरासतमै राख्न लगाएर विभागले मंगलबार बलेसहित २५ जनालाई नै महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट विभागले आफ्नो कार्यालयमा लगेको छ।

विभाग स्रोतका अनुसार उनीहरूले जुवा खेल्दा अस्वाभाविक सम्पत्ति देखिएकोले त्यसको स्रोतको अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो।

विभाग स्रोतका अनुसार अब उनीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखिन्छ।

यसरी बुझाइएकामा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा, नवाङ लामालगायत छन्।