२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविलम्ब नक्सा सच्याउन भारत सरकारलाई एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको माग



अ+ अ-

काठमाडौं । एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सा अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।

एक वक्तव्य जारी गर्दै मोर्चाले मा नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको भारतको सिमासँग जोडिएको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको (३७२ किलोमिटर) कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गरेकोमा आपत्ति प्रकट गर्दै मोर्चाले नक्सा सार्वजनिक गर्न माग गरेको हो ।

मोर्चाले भारतले आफ्नो नक्सामा नै उक्त क्षेत्रलाई समावेश गर्नु सिधै अन्तर्राष्टिय कानून र मान्यता विपरित भएको मोर्चाले जनाएको छ । पूर्वराज्यमन्त्री समेत रहेका मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजद्धारा हस्ताक्षरित् विज्ञप्तिमा भनिएको छ, ‘भूगोलको हिसावले नेपाल सानो होला तर देशको स्वतन्त्र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हिसाबले नेपाल–भारत समान छिमेकी देश हो । यो कुरा भारतले बिर्सनु हुँदैन । भारत सरकारलाई अविलम्ब नक्सा सच्याउन आग्रह गर्दछ ।’

मोर्चाले भारतले बेला–बेलामा सिमामा गरिरहेको मिचाहा र हेपाहा प्रबृत्तिबाट नेपाली जनतामा गहिरो चोट पुगेको समेत उल्लेख गरेको छ । साथै मोर्चाले नेपाल सरकारले उक्त सिमासम्बन्धी आफ्नो धारणा प्रष्ट पारेपनि सिमासम्बन्धी विवाद हल गर्न अविलम्ब कुटनैतिक प्रयास अघि बढाउन जरुरी भएको समेत जनाएको छ ।
एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सत्तारुढ दल नेकपा निकट जनवर्गीय संगठन हो ।