२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ७३ पैसा र बिक्रीदर चार रुपैयाँ ७५ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ १० पैसा तथा बिक्रीदर ४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९ रुपैयाँ १० पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९९ पैसा र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । रासस