७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन



अ+ अ-

काठमाडौं । चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैटौँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई/दुई वर्षमा आयोजना गरिने सो सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलन शुभारम्भ गर्नुभयो ।

परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताउनुभयो । अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन (सिपिएएफएफसी) का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको बताउनुभयो ।यस्ता मञ्चहरुले जनतादेखि जनतासम्म पुग्न थप बढावा मिल्ने उहाँको भनाइ थियो ।

श्रीलङ्का–चीन सामाजिक तथा सांस्कृतिक सहकार्य सङ्घका अध्यक्ष इन्द्रानन्दा अबिसेकरले यस सम्मेलनले चीन र दक्षिण एशियाका नागरिक एक अर्कासँग घुलमिलको वातावरण बनेको बताउनुभयो । सोमबार चीन र दक्षिण एशियाली देशका प्रतिनिधि काठमाडौँ आएका थिए । उक्त सम्मेलनमा आज कार्यपत्र प्रस्तुत तथा समूहगत छलफल गरिने र मङ्गलबार बिहान चन्द्रागिरि भ्रमण र दिउँसो पोखरामा सम्मेलनका
बाँकी काम गरिने भएको छ ।