१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कोशी प्रदेशसभामा अध्यादेश पेस

कोशी प्रदेशसभामा अध्यादेश पेस
फाइल तस्बिर : रासस
अ अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको नवौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सो विधेयक पेस गर्दै उक्त विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै अधिवेशनले सार्थकता पाओस् भन्नुुभयो ।

उहाँले सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्न सकोस् भन्दै गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनले मुलुकलाई नयाँ ढङ्गले अधि बढाउन प्रेरित गरेको कुरामा जोड दिनुभयो ।

नेता थापाले नयाँ सोच र विचारमा प्रभावित नीति तथा कार्यक्रम आउनुपर्ने धारणा राख्दै समृद्धिको बाटो खोल्न पर्यटन प्रवद्र्धनका निम्ति पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले कोशी प्रदेशसभाको सदस्यहरुको योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने भन्दै सरकार सुशासनको मार्गबाट पछि हट्न नहुने स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबो लिम्बूले अधिवेशनको शुभकामना दिने क्रममा संसदीय प्रणाली एवं व्यवस्था जीवित राख्न सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सङ्घीयता र संविधानप्रति सङ्घीय सरकार जिम्मेवार बन्नुपर्ने भन्दै सरकारका कारण कार्यपालिका र न्यायापलिकाबीच टकराव हुुनुहुँदैन भत्रुभयो । उहाँले जनतालाई भरोसा दिन सक्ने सरकारको नीति तथा कार्यक्रम तथा बजेट आउनुपर्ने बताउँदै कानुन जिम्मेवारी लिन सक्ने र जवाफ दिन सक्ने हुनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम जनताको चाहना र विश्वासलाई पूरा गर्नसक्ने हुनुपर्ने बताउनुभयो । उहाँले अधिवेशनको शुभकामना दिने क्रममै शिक्षा, स्वास्थ्य, महँगी र गरिबी न्यूनीकरणमा सरकारको ध्यान जाओस् भन्नुुभयो ।

कोशी प्रदेश सरकारले बिहीबार अपराह्न ३ः०० बजे आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पेस हुनेबारे सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो । रासस