२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय ललितकला प्रदर्शनी समयमै हुनुपर्ने माग



अ+ अ-

काठमाडौँ। यही जेठ १५ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ समयमै आयोजना हुनुपर्ने माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ ।

‘शनिवारीय स्थलगत कला कार्यशाला अभियान’ले आज मन्त्रालयमा पुगेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएको अवस्थामा सो प्रदर्शनी बिना रोकटोक हुनुपर्ने माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

अभियानका सचिव दिवेश प्रधानले ललितकला क्षेत्रकै महाउत्सव मानिने उक्त कार्यक्रमका विषयमा कसैको पनि चासो नपरेकाले आज मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराइएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष जेठ १५ देखि ३० गतेसम्म उक्त प्रदर्शनी गर्ने गरेको थियो । गणतन्त्र दिवसको अवसरमा उद्घाटन हुने भनेर घोषित राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ के हुने हो, हुने हो कि नहुने हो, कर्मचारी नेतृत्वले आयोजना गर्ने हो कि होइन, सक्ने हो कि होइन ? भन्ने अहिले पनि अन्योल रहेको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा सरकारले नयाँ नियुक्तिका लागि रोस्टर आह्वान गरिसकेको विद्यमान अवस्थामा चाँडोभन्दा चाँडो छोटो प्रक्रिया अपनाएर ललितकला प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व नियुक्त गरी जेठ १५ गते नै राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ सम्पन्न गर्नुहुन अनुरोध गर्दछौँ ।’

सचिव प्रधानले भन्नुभयो, “यसरी कला प्रदर्शनी गर्दा नेपाली ललितकलाकर्मीहरु बीच उच्चस्तरीय समझदारी बन्ने अपनत्व पनि हुनेछ र निकट भविश्यमा प्रतिष्ठानमा आउँदै गरेको नेतृत्वलाई पनि मार्ग निर्देशन हुनेछ भन्ने हामीलाई लागेको छ ।” रासस