७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई डा. केसीको चेतावनी : मेरा लागि होइन जनताका लागी डाक्टर पठाउ



अ+ अ-

डडेलधुरा । डडेलधुरा पुगेर अनसन बसेका डाक्टर गोबिन्द केसीले आफ्ना लागी डाक्टर नपठाऊन सरकारलाई आग्रह गरेका छन् । १७औं अनसनको ९औं दिनमा डाक्टर केसीले थप उपचार गर्न अस्वीकार गरेका हुन् ।

डाक्टर केसीले डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पठाउनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले उपचारका लागि पठाएका डाक्टरबाट थप उपचार गर्न मानेका छैनन् ।

उनले मेरा लागि त सहयोगी छँदैछन, जनताका लागि चिकित्सक आवश्यक छ, उनका लागि पठाउनु पर्यो भन्दै मन्त्रालयबाट आएका डाक्टरबाट उपचार नगराउने भन्दै केसीले बिरोध जनाएका छन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डाक्टर राजेश मण्डललाई डा. केसीको थप उपचारका लागि पठाएको भएपनि डाक्टर केसीले मण्डलबाट उपचार गर्न अस्वीकार गरेको डडेलधुरा अस्पतालका मेसु डा.जितेन्द्र कडेल बताए ।

आफ्ना माग पूरा नहुँदासम्म कुनै पनि उपचार नगर्ने भन्दै डाक्टर केसीले सरकारले आफ्ना मागका विषयमा उदासिन भएको आरोप लगाएका छन् । डा।केसीले मन्त्रालयले उपचारका लागि डाक्टर पठाउने हो कि, मसँग गरेका सम्झौता र थप माग पूरा गर्ने हो, उनले भने ,’चिकित्सक नै पठाउने हो भने जनताका लागि डडेल्धरा अस्पतालमा दरबन्दीअनुसारका विषेशज्ञलाई पठाउनुपर्यो।’