२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई डा. केसीको चेतावनी : मेरा लागि होइन जनताका लागी डाक्टर पठाउ



अ+ अ-

डडेलधुरा । डडेलधुरा पुगेर अनसन बसेका डाक्टर गोबिन्द केसीले आफ्ना लागी डाक्टर नपठाऊन सरकारलाई आग्रह गरेका छन् । १७औं अनसनको ९औं दिनमा डाक्टर केसीले थप उपचार गर्न अस्वीकार गरेका हुन् ।

डाक्टर केसीले डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पठाउनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयले उपचारका लागि पठाएका डाक्टरबाट थप उपचार गर्न मानेका छैनन् ।

उनले मेरा लागि त सहयोगी छँदैछन, जनताका लागि चिकित्सक आवश्यक छ, उनका लागि पठाउनु पर्यो भन्दै मन्त्रालयबाट आएका डाक्टरबाट उपचार नगराउने भन्दै केसीले बिरोध जनाएका छन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डाक्टर राजेश मण्डललाई डा. केसीको थप उपचारका लागि पठाएको भएपनि डाक्टर केसीले मण्डलबाट उपचार गर्न अस्वीकार गरेको डडेलधुरा अस्पतालका मेसु डा.जितेन्द्र कडेल बताए ।

आफ्ना माग पूरा नहुँदासम्म कुनै पनि उपचार नगर्ने भन्दै डाक्टर केसीले सरकारले आफ्ना मागका विषयमा उदासिन भएको आरोप लगाएका छन् । डा।केसीले मन्त्रालयले उपचारका लागि डाक्टर पठाउने हो कि, मसँग गरेका सम्झौता र थप माग पूरा गर्ने हो, उनले भने ,’चिकित्सक नै पठाउने हो भने जनताका लागि डडेल्धरा अस्पतालमा दरबन्दीअनुसारका विषेशज्ञलाई पठाउनुपर्यो।’