६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काजी’ ले नयाँ पुस्तालाई प्रेमको महत्व बुझाउँछ : अभिनेता कार्की



फाईल फोटो
अ+ अ-

काठमाडाैँ । अभिनेता विपिन कार्कीले चलचित्र ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाका विषयमा नभई विशुद्ध प्रेमकथामा आधारित रहेको बताउनुभयो । सो चलचित्रका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै अभिनेता कार्कीले ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने प्रेमकथानक चलचित्र ‘काजी’ यही जेठ ८ गते प्रदर्शन हुने बताउनुभयो ।

पशुपतिप्रसाद, प्रसाद, लुटलगायतका चलचित्रमा अभिनय गरेको स्मरण गर्दै उहाँले प्रेम कथामा आधारित ‘काजी’ चलचित्रले विशेषगरी युवा पुस्ताको मन जित्ने विश्वास व्यक्त गर्नुभयो । अभिनेता कार्कीले भन्नुभयो, “हामीले चलचित्रमा प्रस्तुत गरेको पात्र मायालु काजी हो । प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको निःस्वार्थ प्रेमको कथा हो । नयाँ पुस्तालाई काजीले प्रेमको महत्व, समर्पण र सामीप्यतासँग परिचित गराउँछ ।”

यसैगरी अभिनेत्री केकी अधिकारीले भन्नुभयो, “काजी जस्तो प्रेमी वा श्रीमान् सबैले चाहन्छन्, यो चलचित्रमा देखाइएको प्रेमकथाले नरसाउने आँखा सायदै कम होलान् । अहिलेको पुस्तामा प्रेमप्रतिको जे–जस्तो आकर्षण, समर्पण र बुझाइ छ, त्यसलाई यथार्थपरक एवं सकारात्मक सोचमा बदल्न चलचित्र सफल हुने विश्वास लिएकी छु ।”

रिजाल एण्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको निर्माण रामप्रसाद रिजाल र निर्देशन लक्ष्मण रिजालले गर्नुभएको हो । सो चलचित्रमा अभिनेता कार्की र अभिनेत्री अधिकारीसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजले पटकथा लेख्नुभएको उक्त चलचित्रमा चिन्तन राजभण्डारीले छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाले सङ्गीत सिर्जना, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको निर्माता रिजालले जानकारी दिनुभयो ।