२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छलि गर्ने भारतीय नागरिकमाथी मुद्दा दायर



अ+ अ-

झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सका विरुद्ध राजस्व अनुसन्धान विभागद्वारा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । भारत स्थायी ठेगाना भई हाल काठमाडौं, बाफल बस्दै आएका भारतीय नागरिक मुख्य व्यक्ति केशब बंशल समेतलाई रु ११ करोड १९ लाख ८४ हजार १ सय चौंसठ्ठी विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदावी लिई जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

हस्पी केयर इन्टरनेशनल र र श्री श्याम ट्रेडर्स संस्थाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पाईएको हो । केशव बंशलले राजस्व चुहावट गर्ने र आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरु नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पनि पाईएको छ ।

हस्पी केयर इन्टरनेशनलको कारोवार गर्ने फरार मुख्य व्यक्ति केशव वंशल र फर्मका प्रोप्राईटर रामसुन्दर रायभर र श्री श्याम ट्रेडर्सका प्रोप्राईटर राकेश पाण्डेय समेतलाई राजस्व चुहावट असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुने मागदावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

यसका साथै वंशलले सम्पत्ति शुद्धीकरण सम्वन्धी कसुर समेत गरेको देखिदा आवश्यक छानविन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पनि पठाइएको छ । यसका साथै वंशलले सम्पत्ति शुद्धीकरण सम्वन्धी कसुर समेत गरेको देखिदा आवश्यक छानविन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पनि पठाइएको छ ।