१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्चमा आजः सपना विदामा, कुमार रेग्मीको वरिष्ठता खोसियो



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्माले हिजो पद सम्हालेसँगै रोलक्रममा उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले आजदेखि २० दिनका लागि बिदा लिएकी छिन् । उनी २० दिन बिदामा बसेको कुरा सर्वाेच्च प्रशासनले प्रमाणित गरेको छ ।

सर्वाेच्च प्रशासनका अनुसरा न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि बिदा बसेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका हुन् ।

हिजो पनि उनी प्रधानन्यायाधीशको पदभार ग्रहणका क्रममा अनुपस्थित रहेकी थिइन् । न्यायाधीश प्रधानले बुधबारबाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् ।

हिजोको अनुपस्थिति र आजको विदालाई उनको असन्तुष्टिका रुपमा लिइएको छ । हुन पनि न्यायपरिषदले उनी एक नम्बरमा सिफारिस भएकीलाई नगरेर चौथो नम्बरका शर्मालाई प्रधानन्यायाधीश बनाइएको छ ।

अर्का न्यायाधीश कुमार रेग्मीको पनि बरिष्ठतम् पद आजदेखि नै हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता पनि खोसिएको हो ।

यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान रहेका बेला उनले न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मीलाई सिफारिस गरेकी थिइन् । अब हिजोदेखि नै कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेपछि रेग्मीको सो पद स्वतहः हटेको छ ।