८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल घुम्न आएका फ्रान्सेली नागरिकको रहस्यमय तरिकाले मृत्यु



अ+ अ-

सोलुखुम्बु । सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उहाँ मृत अवस्थामा भेटिएको हो ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ ।

उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।