१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काठमाडौँको ८ वटा पार्कमा मौरीका घार राखियो : मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा जोगाइने

काठमाडौँको ८ वटा पार्कमा मौरीका घार राखियो : मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा जोगाइने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ ।

करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् ।

यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको होे । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रमको पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क)मा २ घार, वडा नं. ३ को रानीवारी सामुदायिक बन भित्र ४ घार, वडा नं. १६ को वालाजु वाइसधारा उद्यान भित्र ५ घार, यही वडाको गुरु नानक पार्कमा २ घार, वडा नं. ४ को शंखपार्कमा २ घार, वडा नं. ६ को लाखे पोखरी पार्कमा २ घार मौरी राखिएका छन् ।

यस्तै वडा नं. १४ को भुवनेश्वरी पार्कमा ४ घार र वडा नं. ३२ को मदन भण्डारी पार्कमा २ घार राखिएको आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

इञ्जिनियर श्रेष्ठ भन्नुहुन्छ, ‘एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन् । यो भन्दा धेरै संख्यामा माहुरी भए भने छुट्टै रानी मौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको संख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ ।’ उहाँले, घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने विरुवा र फूल रोप्ने कामलाई बढाउने, विरुवामा प्राकृतिक मल राख्ने, विरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादिको प्रयोग रोक्ने योजना सुनाउनुभयो ।

वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन् । फूलहरुको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ ।

एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाहरूको प्रजनन प्रक्रियामा मौरीको ठुलो भूमिका हुन्छ । संसारका लगभग ८०५ भन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा बढी खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् ।

मौरीको यही भूमिकाले फलफुल, बालीनाली र वनजंगलको विकास तथा विस्तार स्वभाविक र स्वचालित रुपमा भइरहेको हुन्छ । वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो ।

पारिस्थितिकीय स्वास्थ्यको सूचक मौरी निकै संवेदनशील जीव हो । इञ्जिनियर श्रेष्ठ भन्नुहुन्छ, ‘मौरीको संख्या घट्नुले वातावरणीय प्रदुषण, विषादीको अत्याधिक प्रयोग र जलवायु परिवर्तनबाट परेको नकारात्मक असरको संकेत हो । यसकारण मौरीको जीवन चक्रलाई सूचक मानेर हामी वातावरणीय सुरक्षाका लागि काम गर्नेछौँ ।’ रासस