१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण



अ+ अ-

भद्रपुर । बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरी रहेका छन् ।

वल्र्ड चिल्ड्रेन पुरस्कारबाट सम्मानित समाजसेवी रानामगरले मङ्गलबार बिहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो स्वीटरलगायतको शैक्षिक सामग्री वितरण गरेकी हुन् । ती सामान हङकङमा हुने नोर्वु शेर्पाले सौजन्य गरेको पनि उनले जानकारी दिए ।