१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्ष दलहरुलाई अर्थमन्त्रीको जवाफः आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरुले आफनै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विपक्ष दलहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्री वाग्लेले निर्वाचनमा जनताले अनुमोदन गरिदिएका राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रलाई नै आधार बनाएर सरकारले आफनो नीति तथा कार्यक्रम, विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता ल्याएको उल्लेख गर्दै त्यसलाई विपक्ष दलहरुले आफनो अनुकूल बनाउन अर्को निर्वाचन कुर्नुपर्ने बताउनु भयो । उहाँले सरकार जनताबाट अनुमोदित भाषा, शैली, दर्शन र सार अनुसार अघि बढिरहेको जिकिर पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार, यहाँ जे प्रश्तुत गरिएको हो, त्यो नै हो । किनकी हामीले निर्वाचन लड्नु भन्दा अगाडि रुपान्तरणका सय आधारहरु भनेर बाचा पत्रमा उल्लेख गरेका थियौँ । त्यसैलाई नै जनताले अनुमोदित गरेको भन्नेकुरा मान्ने हो भने यसैमा टेकेर आएका एक सय वटा शासकीय सुधारका मार्ग चित्र हाम्रो नीति तथा कार्यक्रम अहिलेको यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हो । अब आफ्नै भाषा, आफनै दस्तावेज अनुमोदित गराउनका लागि अर्को चुनाव चाँकी कुर्नुपर्ला ।’

अर्थमन्त्री वाग्लेले सरकारले शासकीय सुधारका मार्गचित्र पनि जनताको भावनाअनुसार अघि बढाएको पनि बताउनु भयो ।