१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधानन्यायधीशको नियुक्ति, सपथ र पदबहाली आजै



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

शर्माको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।

सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने त्यसमाथि छलफल भएको थियो । समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । शर्माविरुद्ध समितिमा १६ उजुरी परेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।