१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम संसदीय सुनुवाइबाट अनुमोदन



अ+ अ-

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मालाई समितिको मंगलवार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति वोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सुनुवाई प्रक्रियाका क्रममा प्रश्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ । सभापति श्रेष्ठकाअनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ । विशेष गरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषद्मा नै फिर्ता पठाइने समितिले जनाएको छ ।

संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

उहाँले आगामी सुनुवाई प्रक्रियालाई थप परिष्कृत र सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । –न्युज एजेन्सी नेपाल

तस्बिर : किरणराज विष्ट/रासस