११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

न्यायालयमा नातावाद र भ्रष्टाचार अन्त्य गरी न्याय प्रणालीलाई पारदर्शी बनाउन सांसद पुनको आग्रह

न्यायालयमा नातावाद र भ्रष्टाचार अन्त्य गरी न्याय प्रणालीलाई पारदर्शी बनाउन सांसद पुनको आग्रह
अ अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले न्यायालयभित्रको नातावाद, भ्रष्टाचार र गुटबन्दी अन्त्य गरी न्याय सम्पादनलाई पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका क्रममा बोल्दै सांसद पुनले न्यायालयमा सुधारको खाँचो औंल्याउनुभएको हो । प्रश्तावित न्यायाधीश शर्माले प्रश्तुत गर्नुभएको कार्ययोजना र उहाँविरुद्ध परेका उजुरीहरूका सम्बन्धमा धारणा राख्दै सांसद पुनले संसदीय सुनुवाईको परम्पराले लोकतन्त्रलाई थप सुदृढ बनाएको बताउनु भयो ।

उहाँले प्रश्तावित न्यायाधीशले आफ्नो कार्यसम्पादन प्रतिवेदन हरेक चार महिनामा सर्वोच्च अदालतको वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गर्दै यसले जवाफदेही लोकतन्त्रको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सुनुवाइका क्रममा पुनले न्यायालयमा देखिएको नातावाद (नेपो–किड्स) र गुटबन्दीप्रति गम्भीर चासो व्यक्त गर्नुभयो । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले न्यायालयमा भ्रष्टाचार रहेको तथ्यलाई औंल्याएको स्मरण गराउँदै सांसद पुनले भ्रष्टाचार नियन्त्रण र न्यायिक सुधारका लागि ठोस कार्ययोजना माग गर्नुभयो ।

उहाँले न्याय सम्पादनका क्रममा कतिपय अवस्थामा ‘न्यायिक मन’ को अभाव देखिएको र पीडितले न्यायको अनुभूति गर्न नसकेको गुनासो आउने गरेकोतर्फ ध्यानाकर्षण गराउनु भयो । सांसद पुनले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका सम्बन्धमा अदालतको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले द्वन्द्वकालीन मुद्दाहरूमा विगतमा आएका कतिपय विरोधाभासपूर्ण फैसलाहरूतर्फ सङ्केत गर्दै यसमा अदालतको स्पष्टता खोज्नुभएको छ ।

विकास निर्माणका कार्यमा अदालतबाट जारी हुने अन्तरिम आदेश (स्टे अर्डर) का कारण राष्ट्रिय गौरवका आयोजनाहरू प्रभावित हुने गरेको भन्दै उहाँले न्यायालयलाई ’विकासमैत्री’ बनाउनुपर्नेमा जोड दिनुभयो । बजेट परिचालनमा न्यायालयको स्वायत्तता र स्रोत साधनको अभावका विषयमा समेत जिज्ञासा राख्दै पुनले न्यायालयको समग्र सुधार नै अहिलेको आवश्यकता भएको बताउन ुभयो । प्रश्तावित न्यायाधीश डा. शर्माको कार्यक्षमता र उहाँमाथि उठेका प्रश्नहरूको जवाफ दिने उपयुक्त थलो संसदीय सुनुवाई नै भएको भन्दै पुनले सार्वजनिक प्रतिबद्धताको कदर गर्न सुझाव दिनुभयो ।