२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा



अ+ अ-

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् ।

वडाध्यक्षका लागि सप्तरीमा चुनावी सहकार्य गर्ने सहमतिअनुसार राजपाका तर्फबाट प्रमिलादेवी यादवलाई दुवै पार्टीको संयुक्त उम्मेदवार बनाइएको राजपाका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन २०७६ का लागि राजपा र समाजवादीले सहमति गरेका हुन् ।

राजपाका अध्यक्ष मण्डलका सप्तरी संयोजक हरेराम यादव र समाजवादीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवको सहमतिपत्रअनुसार यादवलाई संयुक्त उम्मेदवार घोषणा गरिएको राजपाका सहमहासचिव मण्डलले बताउनुभयो । यता दुवै पार्टीका नेता कार्यकर्ताले आफ्ना उम्मेदवारलाई विजय बनाउन आह्वान गर्दै चुनाव प्रचार प्रसारमा जुटेका छन् ।

उक्त वडामा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार ४०३ मतदाता रहेका छन् । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा एक हजार १७५ मतदाता रहेकोमा अहिले २२८ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपनिर्वाचनका लागि छिन्नमस्ता–७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।