९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अर्थमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

अर्थमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको मंगलवार बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सरकारद्वारा प्रश्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न रोस्ट्रममा पुगेका नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अगाडि नबढाउने अडान लिएपछि सदनको कामकारबाही प्रभावित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री आउँदै गरेको र छलफल अगाडि बढाउन पटक–पटक आग्रह गरे पनि सांसद राईले आफ्नो अडान कायम राख्नुभयो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्री सदनमा उपस्थित नहुने प्रवृत्तिको आलोचना गर्दै सरकार सदनप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद राईले रोस्ट्रमबाट सम्बोधन गर्दै विनियोजन विधेयक प्रश्तुत गर्ने मन्त्री नै सदनमा उपस्थित नहुनु संसदीय मर्यादाविपरित भएको उल्लेख गर्नुभयो ।

सांसदको निरन्तर विरोध र मन्त्रीको अनुपस्थितिका कारण सदनमा गतिरोध सिर्जना भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । यसअघि सांसद राईले सरकारले सदनलाई बेवास्ता गरेको भन्दै प्रतिपक्षललाई सदन सञ्चालन गर्न दिन आग्रह गर्नुभयो ।