८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा आधा दर्जन पुल बन्दै



अ+ अ-

मकवानपुर । मकवानपुरको क्षेत्र नं– २ अन्तर्गत पर्ने विभिन्न स्थानमा रु एक अर्बको लागतमा छ वटा पुल बन्ने भएका छन् । पुल अभावका कारण आवतजवावत तथा उत्पादित वस्तुको ओसारपासारलगायतमा समस्या झेल्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका छन् ।

कृषि उपजको पकेटक्षेत्र मानिने स्थानमा नै पुल नहुँदा व्यावसायिक कारोवारमा समस्या भोग्दै आएका क्षेत्र नं २ मा चालु आर्थिक वर्षमा करीब रु एक अर्बको लागतमा आधादर्जन पक्की पुल बन्ने भएका हुन् । सङ्घीय सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत पुल निर्माण गर्न लागिएका बताइएको छ । सो निर्वाचन क्षेत्रका सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको जनाइएको छ ।

लामो समयदेखि पुल अभावको समस्या झेल्दै आएका स्थानीय बासिन्दाको सुविधाका लागि सरकारले बजेट छुट्याएर पुल निर्माण गर्न प्रक्रिया अगाडि बढाएको हो । सङ्घीय सरकारको लगानीमा मनहरी गाउँपालिकाको सानान्टार– हाँडीखोला जोड्ने पक्की पुल रु १७ करोड लागतमा निर्माण गर्न लागिएको बताइएको छ ।

सांसद खतिवडाका अनुसार राक्सीराङ गाउँपालिकाको सरिखेत–चुलिगङ्खोला, मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुना–गढी, थाहा नगरको घर्तीखोला–थाहानगर तसार खोला, भीमफेदी गाउँपालिकाको इपा कोगटे गाउँमा पनि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । केही पुलको बोलपत्र आह्वान प्रक्रिया पनि अगाडि बढाइएको छ । पुल निर्माण हुने निर्णयले स्थानीयवासी खुशी भएका छन् । पुल अभावका कारण स्थानीय नागरिकले निकै समस्या भोग्नुपरेको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।