१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘पोखराको पर्यटन परम्परागत मात्र नभई व्यावसायिक हुनपर्ने’

‘पोखराको पर्यटन परम्परागत मात्र नभई व्यावसायिक हुनपर्ने’
अ अ+ अ-

गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन परम्परागत मात्र नभई समयसापेक्ष व्यावसायिक हुनुपर्नेमा जोड दिनुुभएको छ ।

पोखराको छिनेडाँडास्थित नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसीमा) आजदेखि आयोजित ‘पाँचदिने विशेष ‘ट्रेन द ट्रेनर’ विषयक पाँचदिने विशेष तालिमको उद्घाटन गर्दै प्रमुख आचार्यले समयसमपेक्ष व्यावसायिक पर्यटनको विकास आवश्यक हुने बताउनुुभयो । सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्नेमा जोड दिँदै उहाँले हाम्रो वास्तविकता, भूगोलसँगै सामाजिक आर्थिक अवस्था समेतलाई आत्मसात् गर्दै यस क्षेत्रको सुधार गर्न सकिने बताउनुभयो ।

पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यताका लागि चिनिने उल्लेख गर्दै प्रमुख आचार्यले यो गरिमालाई जोगाइराख्नु होटल व्यवसायीको मुख्य जिम्मेवारी रहेको स्मरण गराउनुभयो । पोखरालाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको सङ्गमका रूपमा चिनाउँदै यी तिनै कुरालाई एकसाथ अगाडि बढाउन होटलले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल बाहिर विभिन्न देशमा होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा अध्ययन तथा काम गरिरहेका नेपाली जनशक्ति र पोखराकै कलेजबाट उत्पादित जनशक्तिलाई पोखरामै टिकाइराख्ने वा फर्काउने वातावरण बनाउनुपर्ने प्रमुख आचार्यको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिसकिएका अवस्थामा यहाँका गतिविधि अन्य प्रदेशका लागि उदाहरणीय हुनुपर्ने बताउनुभयो । तालिमका सहभागीले यहाँ सिकेका कुरालाई आ–आफ्ना प्रतिष्ठान र होटलमा व्यावहारिक रूपमा लागू गर्न उहाँले आग्रह गर्नुभयो ।

कलेजका अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन र हस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न कलेजमा ‘ट्रेन द ट्रेनर’ कार्यक्रमको सुरुआत गरिएको बताउनुभयो । स्वीस कन्ट्याक्ट र प्रसिद्ध होटल म्यानेजमेन्ट कलेज ‘एसएचएल लुजानी’सँगको सहकार्यमा कलेजले विशेष तालिम आयोजना गरेको बताउनुभयो ।

पोखराका पर्यटन क्षेत्रका १५ व्यवस्थापकस्तरका व्यक्तिलाई दिइने तालिममार्फत पर्यटन क्षेत्रका लागि प्रशिक्षक तयार पार्ने उद्देश्य लिइएको.छ । तालिमप्राप्त प्रशिक्षकले आगामी जुलाई महिनामा पोखरा र यस क्षेत्रका होटलमा कार्यरत करिब ५०० कर्मचारीलाई हस्पिटालिटी, फ्रन्ट डेस्कलगायत विभिन्न विधामा विशेष तालिम प्रदान गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रिन्सिपल प्रकाश रेग्मीले पोखराको पर्यटन क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक नेतृत्व र दिगो व्यवस्थापनको आवश्यकता रहेको बताउनुभयो । उहाँले कलेजको २७ वर्षको इतिहासमा यो तालिम एक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । रासस