१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

जडीबुटी प्रशोधन प्लान्ट अलपत्र

जडीबुटी प्रशोधन प्लान्ट अलपत्र
अ अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको आयआर्जन बढाउने उद्देश्यले दातृ निकायको सहयोगमा जडान गरिएका लाखौँ रुपैयाँ मूल्यका जडीबुटी प्रशोधन प्लान्ट बजार अभावका कारण अलपत्र परेका छन् । मध्यवर्ती क्षेत्रका किसानले जडीबुटी खेती गर्न छाडेपछि लाखौँ मूल्य पर्ने प्लान्ट अलपत्र अवस्थामा रहेका हुन् ।

शुक्लाफाँटा नगरपालिका–६ को कसरौल, वडा नं. ७ जुडा र वडा नं ८ बेलडाँडीमा स्थापना गरिएका जडीबुटी प्रशोधन प्लान्ट सञ्चालनविहीन अवस्थामा रहेका छन् । मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै निकुञ्ज आसपासका बासिन्दालाई वैकल्पिक आयआर्जनमा जोड्ने उद्देश्यले जडीबुटी खेती प्रवर्द्धन गरी प्लान्ट जडान गरिएको थियो । प्लान्ट राख्ने टहरासँगै दातृ निकायले जडीबुटी सुकाउने सेड हाउससमेत निर्माण गरेका थिए । सेड हाउससमेत जीर्ण अवस्थामा छन् ।

मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समूहका अध्यक्ष भरतबहादुर विष्टका अनुसार वन्यजन्तुले नोक्सान नगर्ने भएकाले क्यामामाइल, मेन्थालगायत जडीबुटी खेतीलाई प्रोत्साहन गरिएको थियो । “स्थानीयले प्रशोधन गरी तेल उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका थिए”, उनले भने ।

उनका अनुसार, सुरुआती वर्षमा किसानले उत्पादित क्यामामाइल र मेन्था तेल प्रतिलिटर रु २५ हजारदेखि रु ४० हजारसम्ममा बिक्री गरेका थिए । व्यापारी घरमै आएर नगदमा तेल खरिद गर्न थालेपछि किसान उत्साहित हुँदै खेती विस्तारमा लागेका थिए ।

त्यसपछि बजार मूल्य लगातार घट्दै गयो । व्यापारीले प्रतिलिटर रु १० हजार र पछि पाँच हजार रुपैयाँसम्म दिन बाध्य बनाए । “तेस्रो वर्षमा त तेल किन्ने व्यापारी नै भेटिन छाडे”, स्थानीय किसान जनक साउदले भने, “लागतसमेत नउठ्ने अवस्था आएपछि खेती छाड्न बाध्य भयौँ ।”

किसानका अनुसार प्रशोधित तेल एक वर्षसम्म घरमै थन्क्याएर राख्नुपरेको थियो । “एकपटक नेपालगन्ज पुर्‍याएर निकै सस्तो मूल्यमा बेचेर फर्किनुपर्‍यो”, किसान जयबहादुर ऐरले भने । बजार व्यवस्थापन नहुँदा किसानले जडीबुटी खेती छाडेपछि करिब लाखौँ मूल्यका प्रशोधन प्लान्ट प्रयोगविहीन बनेका छन् । स्थानीय किसानका अनुसार एउटै प्रशोधन प्लान्टको मूल्य रु सात बढी पर्ने गर्दछ । भरपर्दो बजार व्यवस्थापन र मूल्य सुनिश्चित हुने हो भने मध्यवर्ती क्षेत्रका किसान अझै पनि जडीबुटी खेती गर्न इच्छुक छन् ।