२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वचालित पेस्तोलसहित प्रहरीको नियन्त्रणमा



अ+ अ-

बाँके । अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो । बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।यसअघि यही कात्तिक १४ गते जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते भिलेज रेष्टुराँबाट तरुणदलका जिल्ला सभापति सन्दीपजङ्ग शाहलाई पनि उहाँको कारमा राखिएको अमेरिकन पेस्तोलसहित कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणामा लिएको थियो ।