काठमाडौं । १० हजार रुपैयाँ भारुमा १५ वर्षीया किसोरीलाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले बुधबार दिउँसो तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिकाको देउवा चोकबाट पक्राउ गरेको हो ।
तामाङले भारतको मधुन भन्ने स्थानको कोठीमा बेच्दै कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको हो। पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ ।