१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’
अ अ+ अ-

मोरङ। ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा पुस्तासम्म पु¥याउन सकिएमा ती अनुभवका माध्यमबाट मुलुकमा समृद्धि प्राप्त गर्नए सकिने बनाइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय काठमाडौँ र कोसी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण’सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका अनुभव अमूल्य सम्पदाका रूपमा सदाका लागि जीवित हुने बताउनुभयो ।

ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनका अनुभव, सङ्घर्ष र सफलताबाट युवालाई कृषि, हस्तकला, व्यापार तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने विचार व्यक्त गर्नुभयो । प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद  रिजालले ज्येष्ठ नागरिक र युवापुस्ताबीच समुदाधुर सम्बन्धमा विकास गर्न तथा उनीहरुको सीप ज्ञानलाई उपयोग गरि मुलुकको समृद्धि ल्याउनका राज्यलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले युवाहरूमा संस्कार, अनुशासित र परिश्रमिक बनाउन ज्येष्ठ नागरिकका अनुभव र सीप हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निर्मला कार्कीले ज्येष्ठ नागरिक अमूल्य खानी भएकाले उनीहरुलाई सधैँ सम्मान गर्न युवापुस्तालाई आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिक महासङ्घ प्रदेशका अध्यक्ष मणि अर्याल, सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा बराललगायतले ज्येष्ठ नागरिकको सीप र ज्ञानलाई औपचारिक शिक्षा प्रणालीसँग जोड्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक महासङ्घका प्रतिनिधि, विभिन्न सङ्घसंस्थामा आबद्ध ज्येष्ठ नागरिक, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घीय मन्त्रालय र प्रदेश मन्त्रालयका प्रतिनिधि, विराटनगर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । रासस