१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
अ अ+ अ-

चितवन। दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो ।

आज मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिनुभयो । सामान्यतया दैनिक करिब दुई हजार ५०० हाराहारी बिरामी आउने गरेमा पछिल्लो समय चाप बढेको उहाँले बताउनुभयो ।

सेवाग्राहीको घुइँचो बढेकाले अस्पतालबाट अन्य अस्पतालमा प्रेषण (रिफर) गर्न समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । रत्ननगर–१२ बाट आँखाको उपचारका लागि रिफर माग्न आउनुभएका रामविलास लामिछानेले थप उपचार गर्न अन्य अस्पताल जाँदा रिफर आवश्यक पर्ने भनिएपछि भरतपुर अस्पताल आएकामा भीडका कारण समयमा काम नभएको गुनासो गर्नुभयो ।

उहाँले आफू बिहान ८ः०० बजे आउँदा एक हजार २०० नम्बरमा पालो परेको बताउनुभयो । बिमाको रिफरका लागि धेरै समय कुर्न नपर्ने व्यवस्था हुनुपर्ने भन्दै लामिछानेले सरोकार भएका सबैको ध्यानाकर्षण गराउनुभयो ।

भरतपुर–२० चनौलीका नवराज भुसालले आँखाको उपचारका लागि रिफर लिन धेरै समय कुर्नुपरेको गुनासो गर्नुभयो । भरतपुर–५ का रामकृष्ण अधिकारीले नियमित उपचारका लागि आउने बिरामी भएकाले दुई दिन ओपिडी बन्द हुँदा सोमबार अस्पतालमा भीड बढेको बताउनुभयो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले दुई दिन बिदा परेकाले सोमबार बिरामीको चाप बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “ओपिडीको समय बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म हो । टिकट बिहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पाइन्छ । तर अधिकांश सेवाग्राही बिहानै ५-६ बजेदेखि लाइनमा बस्नुहुन्छ । अस्पताल ५ः०० बजेसम्म खुला रहने भएकाले भीडभाड नगरी सेवा लिन आग्रह गर्दछौँ ।”

उहाँका अनुसार बिहानैदेखि सेवाग्राही लाइनमा बस्ने गरेकाले बिहानको समयमा बढी भीड देखिएको हो । ओपिडी सेवा दिनभर सञ्चालन हुने भएकाले सहज रूपमा सेवा लिन सकिने उहाँले बताउनुभयो ।

उहाँले अस्पतालले रिफर गरेर बाहिर पठाउने बिरामीका लागि छुट्टै कक्षमार्फत सेवा दिने तयारी गरिरहेको  जानकारी दिनुभयो । एक-दुई दिनभित्र रिफर सेवालाई व्यवस्थित बनाइने उहाँको भनाइ छ ।  रासस