१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ



फाइल फोटो
अ+ अ-

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहिबेर अघि पक्राउ गरेको हो। ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेका हुन्।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए। तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ।

उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।