१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्योरुगी तेक्वान्दो मंगोलिया जाने



अ+ अ-

काठमाडौं। २७ औं एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ ।

जापानको आइची–नागोयामा हुने २० एसियाली खेलकुदको छनोट समेत रहेको उक्त प्रतियोगितामा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

जेठ ५ देखि ११ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि शुभाङ्गी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले खेल्ने छन् ।

क्वाटरफाइनल पुग्ने खेलाडी एसियाली खेलकुदलाई छनोट हुने प्रावधान छ । नेपालको खेल भने जेठ ७ गतेदेखि सुरु हुनेछ ।

प्रशिक्षकमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा आम्गाईं छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

उलानबटारमै हुने नवौं एसियाली पुम्से तेक्वान्दो प्रतियोगितमा सहभागी हुन नेपाली टोली भने मंगोलिया पुगिसेको छ । एसियाली खेलकुदकै लागि खेलाडी छनोटका रुपमा रहेको प्रतियोगितामा युवराज राना मगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्ने छन् ।