१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदी उपचारपछि घर फिर्ता

इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदी उपचारपछि घर फिर्ता
अ अ+ अ-

तेहरान। इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी उपचारका लागि अस्पतालको लामो बसाइपछि सोमबार घर फर्किनुभएको छ।

इरानी महिलाको अधिकारका लागि लामो समयदेखि सङ्घर्षरत मोहम्मदी अस्पतालमा रहेका समय विरामी परेपछि उहाँलाई स्वास्थ्यको कारण देखाउँदै जमानतमा रिहा गरिएको थियो ।

रिहाइपछि तत्काल उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ‘डिस्चार्ज’ भएपछि मोहम्मदी तेहरानस्थित आफ्नो घर फर्किनुभएको उहाँको परिवार र शुभचिन्तकहरूले सोमबार जानकारी दिएका छन्।

सन् २०२३ को पुरस्कार विजेता मोहम्म्दी मुटुसम्बन्धी रोगबाट पीडित भएकोले उहाँले घरमा आराम गर्नुपर्ने चिकित्सकले सुझाब दिएका छन् । सबैभन्दा पछिल्लो पटक डिसेम्बरमा भएको गिरफ्तारीपछि उहाँको स्वास्थ्यमा निकै समस्या देखिएको बताइएको छ।

मोहम्मदीको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोहम्मदीलाई १८ दिनसम्म जेलमा र तेहरानस्थित एक अस्पतालमा अर्को १८ दिन उपचारपछि आइतबार घर ल्याइएको छ ।”

अस्पतालमा गरिएको परीक्षणले मुटु र रक्तचापको समस्या ‘लामो, गम्भीर मनोवैज्ञानिक दबाब, दीर्घकालीन चिन्ता र तीव्र वातावरणीय तनाव’ सँग सम्बन्धित रहेको पुष्टि गरेको छ।

उहाँको स्वास्थ्यलाभका लागि कारागारको पर्खालबाहिर कडा चिकित्सा निगरानीको माग गरिएको छोरी कियाना रहमानीले जानकारी गराउनुभयो ।

रहमानीले भन्नुभयो, “उहाँलाई हिरासतमा फर्काउनु मृत्युदण्डको सजाय दिनु बराबर हो।”

“हामीले यो सुनिश्चित गर्नुपर्दछ कि उहाँ अब स्वतन्त्र रहनुहोस् र उहाँमाथि लागेका सबै आधारहीन आरोपहरू स्थायी रूपमा हटाइयोस् र उत्पीडन अन्त्य होस्,” छोरी रहमानीले भन्नुभयो ।

रहमानी उहाँका जुम्ल्याहा भाइ अलीसँग पेरिसमा बस्नुहुन्छ र उनीहरूले एक दशकभन्दा बढी समयदेखि आफ्नी आमालाई देख्नुभएको छैन ।

मोहम्मदीलाई मे १० मा जमानतमा रिहा गरिएको थियो र उहाँलाई उपचारका लागि तेहरान सारिएको थियो ।

उहाँका समर्थकहरूले उहाँलाई दुई पटकसम्म हृदयघात भएको दावी गर्दै मोहम्मदीको जेलमा नै मृत्यु हुने खतरा बढेको भन्दै आवाज उठाएपछि उहाँलाई स्वास्थ्यको कारण देखाउँदै रिहा गरिएको थियो ।

उहाँको कानुनी टोलीले मोहम्मदीलाई सुरक्षासँग सम्बन्धित विभिन्न आरोपहरूमा सञ्चित सजाय भोग्न अझै १८ वर्ष बाँकी रहेको बताएको छ।

“इरान र संयुक्त राज्य अमेरिका र इजरायलबीचको युद्धका कारण उहाँको स्वास्थ्य अवस्था प्रभावित भएको छ,” मोहम्मदीका समर्थक र कानुनी टोलीले दावी गरेको छ, “उहाँलाई राखिएको जेल नजिकै कम्तिमा तीन हवाई आक्रमणहरू भएका थिए ।”

आफ्नो सक्रियताका लागि विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी ५४ वर्षीया मोहम्मदीलाई हालै डिसेम्बरमा एक वकिलको अन्त्येष्टिमा इस्लामिक गणतन्त्रको निन्दा गरेपछि पक्राउ गरिएको थियो।

उहाँले इरानी कुर्द महिला महसा अमिनीको हिरासतमा भएको मृत्युपछि सन् २०२२ र सन् २०२३ को विरोध प्रदर्शनलाई कडा समर्थन गर्नुभएको थियो तर यस वर्ष जनवरीमा सुरु भएको प्रमुख प्रदर्शनअघि उहाँलाई पक्राउ गरिएको थियो।

अधिकारवादी समूहहरूले जनवरीमा भएको विरोध प्रदर्शन र इस्लामिक गणतन्त्र विरुद्ध अमेरिका–इजरायल युद्धमा दशौँ हजार मानिसहरू पक्राउ परेका छन् भने अधिकारवादी समूहहरूले राजनीतिक बन्दीको रूपमा हेरेका दोषीहरूलाई मृत्युदण्ड दिने क्रम इरानले बढाएको छ । रासस