१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’

‘नागरिकको सेवा प्रहरीको पहिलो प्राथमिकतामा’
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले परम्परागत शैलीबाट माथि उठेर नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्नेमा जोड दिएको छ ।

प्रहरी प्रधान कार्यालमया आज सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकारीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत शैली (पुलिसिङ)भन्दा नवीनतम सोच र कार्यशैली अपनाइ नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी एवं प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गर्नुतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर सबै प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवं इमानदार हुनुपर्ने, उत्कृष्ट व्यवहार, बोलीबचनलाई आत्मसात् गरी सङ्गठनको छवि वृद्धि हुने गरी आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले बहन गर्न निर्देशन दिनुभयो ।

सङ्गठनले अख्तियार गरेका नीतिनियम तथा मापदण्ड अनुरूप कार्य गर्दै व्यक्तिगत स्वार्थभन्दा भातृत्वभाव एवं साङ्गठनिक हितलाई केन्द्रविन्दुमा राखेर कसैप्रति पूर्वाग्रह नराखी विभेदरहित एवं कानुनसम्मत कार्य गर्न सरूवा भई कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई उहाँले आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवं रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो ।  काठमाडौँ