१६ भाद्र २०८३, मंगलवार
,
Latest
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा बाघको आक्रमणबाट वन हेरालु घाइते



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् ।

एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन् ।

जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते हुनुभएको जानकारी दिनुभयो ।

“घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ”, उहाँले भन्नुभयो, “वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।” वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । रासस