१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माल्दिभ्सको समुद्रमा डुबेका चार जनाको मृत शरीर फेला

माल्दिभ्सको समुद्रमा डुबेका चार जनाको मृत शरीर फेला
अ अ+ अ-

रोम। माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ ।

पानीमा वेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो ।

माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेपत्तामध्ये थप चारजना गोताखोरको मृत शरीर ‘वाभु एटोल’ गुफाभित्र फेला परेको छ ।”

इटालीको विदेश मन्त्रालयले उक्त समाचारको पुष्टि गरेको छ । “मृतकलाई अझै सतहमा ल्याइएको छैन”, एमएनडीएफले भनेको छ, मृतकलाई पानी बाहिर ल्याउने काम छिट्टै गरिनेछ ।”

इटालीका एक सरकारी अधिकारीले एएफपीसँग भन्नुभयो, “यो एक कठिन काम हो र शवहरू सतहमा ल्याउन ‘केही समय लाग्न’ सक्छ।”

गत बिहीबार इटालीको संलग्न पाँच जनाको एक समूह अनुसन्धानका लागि गहिरो पानीमुनिको गुफामा गएका तर सतहमा फर्कन असफल भएका थिए । एक जनालाई सोही दिन मृत अवस्थामा पानी बाहिर ल्याइएको थियो ।

उनीहरुको खोजीमा खटिएका एक गोताखोरको उद्धारका लागि खटिएका समय शनिबार मृत्यु भएको थियो ।

यो दुर्घटना हिन्द महासागरको पर्यटकीय गन्तव्यमा सबैभन्दा घातक ‘डाइभिङ’ दुर्घटना हो। रासस