१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभाः सुकुमवासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

प्रतिनिधिसभाः सुकुमवासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा सुकुमवासीका समस्या समाधान गर्न आयोग गठन गरे पनि सुकुमवासी समस्या समाधान हुन नसकेकाले आगामी आर्थिक वर्षको बजेटमार्फत दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकुमवासीका समस्या समाधान गर्नेगरी प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

छलफलमा सहभागी सांसदहरूले भूमि आयोग कार्यकर्ता भर्ती गर्ने केन्द्र बन्ननहुने बताउनुभयो । उहाँहरूले हालसम्मसुकुमवासीका समस्या समाधान गर्न आयोग गठन गर्दा रु नौ अर्ब खर्च भइसके पनि समस्या समाधान हुन नसकेकाले बजेटमार्फत समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद यज्ञमणि न्यौपानेले सुकुमवासी समस्या समाधान गर्न १८ वटा आयोग गठन भएका जनाउँदै त्यसले रु नौ अर्ब खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । यति गर्दा पनि समस्या अझै नसकिएको उहाँले उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालत र न्यायलयलाई छुट्टै बजेट दिनुपर्ने भन्दै सांसद न्यौपानेले सर्वोच्च अदालतले बजेटका लागि सरकारतर्फ फर्कंदा न्यायपालिका स्वतन्त्र बन्न नसकेको धारणा राख्नुभयो । न्यायाधीशको सम्पत्ति सार्वजनिक भए मात्र न्याय स्वच्छ र स्वतन्त्र हुने उहाँको भनाइ छ ।

सांसद सन्तोष सुब्बाले सीमा विवाद, सीमा पूर्वाधारलगायत विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमामा रु एक सयको सामानमा पनि कर लगाइँदा आमनागरिकलाई सास्ती भइरहेको बताउनुभयो । डायस्पोरा साझेदारी कार्यक्रम सकारात्मक रहेको उहाँले बताउनुभयो ।

सांसद दीपककुमार साहले सुरु भएको १६ वर्ष बित्दा हुलाकी राजमार्ग ७४ प्रतिशत मात्र बनेकाले यसलाई पूरा हुने गरी प्राथमिकतामा राख्न माग गर्नुभयो । सांसद सीता थपलियाले विदेशमै भविष्य छ भनी जानेहरू बढेकाले त्यसलाई रोक्ने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रम नआएको बताउनुभयो । शब्दमा भएको मिठासलाई व्यवहारमा उतारिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद रमेश प्रसाईंले गत भदौ २३ र २४ गतेको आन्दोलनको दोष प्रमुख जिल्ला अधिकारीलाई मात्र दिनुभन्दा सत्य, तथ्यको गहिराइसम्म अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारका पालामा सुकुमवासीले लालपूर्जा पाउने विश्वास व्यक्त गर्दै उहाँले निम्न र निम्नमध्यमवर्गलाई उपचार कोषको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद निस्कल राईले अघिल्लो वर्षको तुलनामा चिया निर्यात घटेको बताउनुभयो । उहाँले सोही कारणले राजश्व घट्ने भएकाले युवालाई उद्यमशीलताको साझेदारका रूपमा राखेर बजेट व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

सांसद प्रदीप विष्टले कीर्तिपुरमा जातीय सङ्ग्रहालयका लागि २०० रोपनी जग्गा भएकाले बजेट व्यवस्थापन गरी निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।रासस