३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय

नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो । पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले अहिले उहाँलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषय भविष्यको कुरा भएको बताउनु भयो ।

उहाँ कुन जिम्मेवारीमा रहनुहुन्छ भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उहाँको भनाइ छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको बताउनु भयो ।  बैठकमा महासचिवले विभिन्न ११ वटा कार्यसूची (एजेण्डा) प्रश्तुत गर्नुभएको थियो ।

पार्टीको गतवर्ष सम्पन्न महाधिवेशन अघि नै पार्टी सदस्यता नवीकरण गर्ने भन्दै भण्डारीले निवेदन दिएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण गरेका थिएनन् । राज्यको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय हुन उपयुक्त नहुने केपी ओली पक्षको दाबी थियो । भण्डारीका कारण पार्टी नै दुई धारमा विभक्त थियो ।

तर पूर्वराष्ट्रपति भण्डारी आफू कुनै पनि हालतमा पार्टी जीवनमा सक्रिय रहने बताएर पार्टी अध्यक्षमाथि निरन्तर घोषित र अघोषित रुपमा सक्रिय हुनुहुन्थ्यो ।

गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि पार्टी अध्यक्ष समेत विद्या भण्डारीका पक्षमा नरम हुन थाल्नु भएको थियो, र पार्टी भित्रै पनि सदस्यता दिनुपर्नेमा जनमत प्रखर हुँदै थियो । पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण भएसँगै नेतृत्व परिवर्तन सहित पार्टी पुनर्गठनको प्रक्रिया थालनी हुने केहीको भनाई छ ।

भण्डारीको पार्टी सदस्यता आजको बैठकले नवीकरण गर्ने समाचार न्यूजपोलारले ब्रेक गरेको थियो । न्यूजपोलारले अब नेपाली कम्युनिष्ट पार्टीसँग एकता प्रक्रिया पनि थालनी हुने समाचार पनि प्रवाह गरेको छ ।

बैठकमा प्रश्तुत गरिएका प्रमुख एजेण्डाहरूमा पदाधिकारीहरूको वरीयता क्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजन रहेका छन् । एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ ।

यस्तै, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रिय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो ।

एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे पुनः अध्यक्षको निवासमा बस्ने तय भएको छ । सो बैठकमा सोमवार प्रश्तुत गरिएका बाँकी एजेण्डाहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ ।