८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ जना विरुद्द राजस्व छली गरेको अभियोगमा मुद्दा दायर



अ+ अ-

मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी राजस्व छली गरेको अभियोगमा पाँच वटा फर्म र ५ जना व्यक्ति विरुद्ध राजस्व अनुसन्धान विभागद्वारा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुमाथी रु ९ करोड ३९ लाख ३३ हजार १ सय दश को विगो र विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गरी काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

हाल काठमाण्डौ महानगरपालिका ३२ वस्ने स्थायी घर काभ्रेपलाञ्चोक भएका एस‍.पी. इन्टरप्राइजेज/हिमाल कन्सट्रक्सनका प्रोपाईटर शिव प्रसाद गौतम विरुद्ध रु ३ करोड ८१ लाख २९ हजार ६ सय दश र पाँचखालका वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राईटर शिवराम न्यौपानेलाई १ करोड ५९ लाख ९४ हजार ५ सय सत्र रुपैँयाको विगो कायम गरि मुद्दा दायर गरिएको छ ।

यसैगरी मण्डनदेउपुर नगरपालिकाका न्यू हिमालयन ईन्टरप्राईजेजका प्रोपाईटर लक्ष्मण चौलागाईलाई रु ६९ लाख ३९ हजार ६ सय नब्बे, काभ्रेपलान्चोकका न्यू युनिभर्सल इन्टरप्राइजेजका प्रोपाईटर सदर्शन चौलागाईलाई रु ३० लाख ३२ हजार १ सय छब्बीस् र रामेछापका आर्जन हार्डवेयर सप्लायर्स प्रा.लि. को संञ्चालक देव बहादुर खत्रीलाई रु २ करोड ९८ लाख ३७ हजार १ सय चौबिस रुपैँयाको विगो कायम गरि उनीहरु विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको हो ।